नेपालका शीर्ष नेताको मृत्युको कामना गर्दै ‘होम’ गर्ने खतिवडा पक्राउ

काठमाडौं । नेपालका शीर्ष नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा आफूलाई ‘धर्मगुरू’बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।

खतिवडालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले धुम्बाराहीस्थित मण्डिखाटारबाट पक्राउ गरेको हो।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *