

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना सामान्य घाइते

पोखरा । कास्कीको पोखरास्थित एल.पी. देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको बल दुर्घटनामा परेको छ ।
२२ विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस सडकबाट तल खस्दा चालक घाइते भएका छन् ।
उनलाई अहिले मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ भने अन्य सामान्य घाइते भएको जनाइएको छ ।
घटनाको थप विवरण प्राप्त भइसकेको छैन ।