

पहिरोमा परी एकै घरका ३ सहित ५ जना बेपत्ता

गोरखा । गोरखामा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् ।
जिल्लाको धार्चे-५ मा पहिरो जाँदा एकै परिवारका ३ जनासहित ५ जना बेपत्ता भएका हुन् ।
स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
यसको थप विवरण आउन बाँकी छ ।