

यी २९ प्रहरीलाई हेडक्वार्टरको ताकेता, ७ दिनभित्र सम्पर्कमा नआए जागिर चट् !

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २९ प्रहरी कर्मचारीलाई सात दिने सूचना जारी गरेको छ ।
हेडक्वार्टरले विभिन्न मितिदेखि सम्बन्धित कार्यालयमा बिना जानकारी अनुपस्थित हुने प्रहरी नायब निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीसम्मलाई ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सम्पर्कमा आउन निर्देशन दिएको छ ।
यदि निर्धारित मितिभित्र उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड –च) को कसुरमा ऐ नियमावलीको नियम १०८ को देहार (ख) (१) बमोजिम सेवाबाट हटाउने जानकारी गराउँदै सफाईको मौका प्रदान गरेको जनाएकाे छ ।
सूचनाः