

मुगु केन्द्रबिन्दु भई भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ।
बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।