मध्यरातको बाढीबाट बच्न सकेनन् शिक्षक इन्द्र…

जाजरकोट । जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।

शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो।

मालटाकुरा माविका शिक्षक समेत रहेका इन्द्रसहितको टोली बाढीमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ११ बजे एक्कासि खोलामा बाढी आउँदा ७ जनालाई बगाएको थियो।

तीमध्ये रोकाया मृत भेटिएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

‘राति माछा मार्न गएको बेला एक्कासी बाढी आउँदा ६ जनालाई बगाएको रहेछ, ६ जना आफैं निस्किएका रहेछन,’ डिएसपी पाण्डेले भने, ‘हामीलाई बेपत्ता भएको भनेर खबर गरिएका एकजना साढे ११ बजे मृत फेला पर्नुभएको हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *