

यी हुन् संघीय सरकारबाट सहरी विकासका लागि लहानमा परेका योजनाहरु

लहान – मुलुककै ठूलो नगरपालिकाको रुपमा रहेको सिराहा जिल्लाको लहान नगरपालिकामा आगामी आर्थिक वर्षका लागि विभिन्न योजनाहरु परेका छन् ।
लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा संघीय सरकार अन्तर्गतको सहरी विकास मन्त्रालयअन्तर्गतका विभिन्न योजनाहरु परेको जनाउँदै ती योजनाहरु सम्पन्न गराउनका लागि नगरपालिकाको तर्फबाट आफू दत्तचित्त भएर लाग्ने बताए ।
मेयर चौधरीले लहानको विकासका लागि बजेट तयारीका बेला आफूले सम्बन्धित मन्त्रालयमा नै पुगेर पहल गरेको स्मरण गर्दै सहरी विकास कार्यक्रमका विभिन्न योजनाबाट नगरवासीलाई विकासको अनुभूति गराउने समेत जनाए ।
मेयर चौधरीका अनुसारसघन शहरी विकास कार्यक्रम अन्तर्गत सिराहा जिल्ला लहान नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्य, मालपोत कार्यालय भवन निर्माण र नगरपालिकाको वडा नं. २४ स्थित मानेश्वर महादेव तथा रामजानकी मन्दिर स्तरोन्नतीका साथै लहान नगरपालिका वडा नं. ५ को खुट्टीखोला र वडा नं. १५ को मलहन्वा सरै खोला र भुतनी (मुतनी) खोलामा झोलुंगे पुलको योजना परेको जनाए ।