

सरकारी क्वाटरमै कर्मचारीकी श्रीमतीलाई पेडा खुवाएर बलात्कार गर्ने उपसचिव साह पक्राउ !

धनुषा । जबर्जस्ती करणी अभियोग लागेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष पुगेका छन् ।
साहले शनिवार धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जानकारी दियो ।
गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति भगवानको प्रसाद भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिई बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ ।
आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै पीडित महिलाले गत वैशाख पहिलो साता प्रहरीमा जाहेरी दिएकी थिइन् । ती महिला सरकारी कर्मचारीकै श्रीमती रहेको पनि खुलेको छ ।
जाहेरीपछि धनुषा जिल्ला अदालतले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।