

कोटेश्वरमा बसले ठक्कर दिएका सई खत्रीले गुमाए ज्यान

काठमाडौं । कोटेश्वरमा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोपबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
गत आइतबार काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरीका सई खत्रीलाई प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको जुनेली यातायातको बसले ठक्कर दिएको थियो ।
बसले ठक्कर दिएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका लागि लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।