ट्युसन पढ्न हिँडेका निकेश हिजोदेखि बेपत्ता

चितवन । चितवनको भरतपुरबाट एक बालक बेपत्ता भएका छन् ।

विद्यालयबाट घर फर्किने क्रममा भरतपुर महानगरपालिका– १० स्थित ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए।

विद्यालयले शनिवार राखेको ट्युसन पढ्न भनेर भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए।

शनिबारदेखि उनी बेपत्ता भएको र खोजी कार्य भैरहे पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *