

‘आत्मदाह’ प्रयासः आरतीले किन गरिन् सर्वोच्च परिसरमै ‘आत्मदाह’ प्रयास ?

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले आत्मदाह प्रयास गरेकी छन् ।
आइतबार उनले सर्वोच्च अदालतभित्रै शरीरमा ज्वलनशील पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । तर, आगो सल्काउने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घटनापछि गिरीलाई प्रहरीले अस्पताल लगेको छ ।
आरतीले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । आरतीले अघिल्लो माघ ३ गते पनि सर्वोच्च अदालत परिसरमा आफ्ना श्रीमानलाई पक्राउ गर्नुपर्ने जनाउदै प्रदर्शन गरेकी थिइन् । तत्कालिन अवस्थामा कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश गिरीलाई गत चैत २८ गते पक्राउ गरिएको थियो ।
यसअघि उनले जिल्ला अदालत काठमाडौंमा श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् । उनले लामोसमयदेखि आफूलाई श्रीमानले बलात्कार गरेको भन्दै प्रदर्शन गर्दै आएकी छिन् ।