

सेनाकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडाैं । नेपाली सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
नेपाली सेनाको ट्रककाे ठक्करबाट काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ रत्नपार्कस्थित सडकमा सेनाको ट्रकले ३२ वर्षीया आकृति चढेको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको जनाइएको छ ।
बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटरमा सवा शर्मालाई सेनाको प्र ३०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।