

यी ७२ थिए दुर्घटनाग्रस्त जहाजमा यात्रा गर्नेहरू (नामसहित)

पोखरा । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।
उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए भने साथमा को-पाइटल अञ्जु खतिवडा पनि रहेकी थिइन् । साथै २ जना परिचारिकाहरू पनि रहेको जनाइएको छ ।
यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूचीः