आजको राशिः कुम्भले मान सम्मान पाउँदा अन्यको दिन कस्तो?

काठमाडौं । आज २०८१ साल चैत १५ गते शुक्रबार चैत कृष्ण पक्षको चतुर्थी तिथि।। तदनुसार सन् २०२५ मार्च २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आफन्तले प्रशंसा गर्नेछन्। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ।

मिथुन : दिन राम्रो छ। क्षमताको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट : आज तपाईंमाथि धेरैले शंका गर्नेछन्। तपाईंको काममा असन्तुष्टि बढ्नेछ। साथीले सहयोग नगर्दा मन अशान्त बन्नसक्छ। आज व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा आफन्तसँग भेट हुनेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कन्या : परिवारमा मेलमिलाप हुनेछ। स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। परिवारसँगको व्यवहारमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पढाइमा जाँगर बढ्नेछ। श्रमको मूल्य प्राप्त गर्दा मन शान्त बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ।

वृश्चिक : हरेक काममा परिश्रम गर्नुपर्ने समय छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : हरेक काममा सफलताका लागि मिहिनेत गर्नुपर्ने समय छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्ने छ। एकल भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।

मकर : व्यापारमा लाभ हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुने योग छ। मनमा उत्साह बढ्नेछ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।

कुम्भ : आज तपाईंलाई राज्यको तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। राजनीतिक नियुक्तको अवसर प्राप्त हुने योग छ। संकटमा साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खर्च बढ्ने जोखिम छ। प्रेम सम्बन्ध भनेर सुमधुर बन्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *