सौर्य एयरलाइन्सको विमान दुर्घटना अपडेटः पाइटललाई गम्भीर अवस्थामा अस्पताल लगियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । जहाजमा उड्ने क्रममा रनवेमै आगो लागेको जनाइएको छ ।

९ एनएएन कलसाइनको उक्त जहाजका एक पाइलटलाई उपचारका लागि गम्भीर अवस्थामा केएमसी अस्पताल लगिएको छ ।

जहाजमा रहेका केही यात्रुहरु हताहत भएको प्रारम्भिक अनुमान छ ।

विमानस्थल प्रहरीका डीआईजी रामदत्त जोशीका अनुसार जहाज काठमाडौंबाट उड्न लागेको थियो ।

अहिले विमानमा लागेको आगो निभाइएको  । विस्तृत विवरण आइसकेको छैन ।