सशस्त्र जवान धामीले गुमाए जनता बचाउनका लागि अभ्यास गर्दा-गर्दै आफ्नै ज्यान
काठमाडौं । बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ ।
जिल्लाकै केदारस्युँ गाउँपालिका–७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीलाई जिल्ला अस्पताल बझाङले मृत घोषणा गरेको हो ।
सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेका थिए ।
बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियाे ।