प्रधानसेनापति शर्माद्वारा बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा शर्माले उपरथी, सहायक रथी र महासेनानीमा बढुवा भएका तीन सैनिक अधिकृतले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

मन्त्रिपरिषदको चैत ६ गतेको निर्णयअनुसार उपरथीमा बढुवा भएका अरुण शर्मासहित एक सहायक रथी र एक महासेनानीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन्।

बढुवा भएका उपरथी शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त भएका छन्।