१४ वर्षपछि स्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। स्ववियुको निर्वाचन १४ वर्षपछि हुन लागेको हो ।

काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्। जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *