अयोध्या पुग्यो कालीगण्डकीको शालिग्राम शिला …

काठमाडाैं । म्याग्दीबाट पठाइएको शालिग्राम शिला भारतको अयोध्या पुगेको छ।

भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा पर्ने कालिगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकाली श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी पोखरा, जनकपुरको जानकी मन्दिर हुदै अयोध्या पठाइएको थियो।

कालिगण्डकी नदीबाट निकालिएको शिला गएको बिहिबार धार्मिक संघसंस्थाका प्रतिनिधिको उपस्थितीमा गलेश्वर मन्दिरमा धार्मिक विधिपूर्वक पूजाआजा गरी सदरमुकाम बेनीबजारमा शोभा यात्रा गरी विदाई गरिएको थियो।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको अवस्थामा नेपालका विभिन्न स्थानमा पूजाआजा तथा स्वागत गदैं भारत पुगेको टोलीमा रहेका बरिष्ठ पत्रकार रामजी दाहालले बताए।

‘भारतमा भब्य स्वागत गरिएको छ,‘उत्खनन् गरिएको स्थानको समेत यहाँका नागरिकले चासो देखाएका छन्,‘यो अभियानले धार्मिक पर्यटकलाई प्रर्बधनमा सघाउँछ’ पत्रकार दाहालले भने। कालिगण्डकी नदीको शिला भारतमा आएको जानकारी पाएपछि सडक नै जाम भएको थियो। यो अभियानलाई धार्मिक पर्यटनमा कोशेढुंगा सावित भएको छ।

अयोध्या आसपासका क्षेत्रमा निकै उत्साह देखिएको छ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई धार्मिक संघसंस्था सहित अन्य सरोकारवाला निकायले समेत सहयोग गरेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए। उनले शिला निकालिएको स्थानमा समेत संरचना बनाउन प्रदेश सरकार सहित धार्मिक संघसंस्था समेत सकारात्मक रहेको बताए। -नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *