रामेछापमा पहिरोले घर पुर्दा ३ किशोरीको मृत्यु

रामेछाप । रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पु मा गएराति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीको भनाइ छ।

स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे।

स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो।

पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *